झापामा बाढी : दुई जनालाई बगायो, पुल र मोटरसाइकल पनि बगे
झापा। झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो । प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ ।
शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
झापाको कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।
कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र।१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले बताएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
बाढीले अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
