दसैँको टीका लगाउने उत्तम साइत बिहान ११ : ३६ बजे

झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए ।
यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।
साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले जानकारी दिए । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैँ समापन हुनेछ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...