सशस्त्र प्रहरीद्वारा काँकरभिट्टामा कार र पटाका बरामद
बिर्तामोड । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ ।
प्रहरीले एक लाख १८ हजार ८६४ रुपैयाँबराबरको पटाका नष्ट गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिए ।
भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको हो ।
भारतीय नम्बर प्लेटको डब्ल्यु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको थियो । भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीलाई देख्नासाथ कार छाडेर चालक भागेपछि शंका लागेर हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
