धानबालिमा रोग किरा नियन्त्रण सम्बन्धी प्रशिक्षण सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा धानबालिमा रोग किरा नियन्त्रण विषयक दुई दिवसीय तालिम सम्पन्न भएको छ ।
मेचीनगर-५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा आयोजित तालिममा सहकारी संस्थामा आवद्ध ९० जना अग्रज कृषकहरुले सहभागिता जनाएका थिए । सहभागिहरुलाई मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान र मेची कृषक सहकारी संस्थाका कृषि विशेषज्ञ टेकबहादुर पोख्रेलले रोग किरा नियन्त्रण विषयमा प्रशिक्षण दिएका थिए ।
सामुदायिक पोष्ट हार्भेष्टका संयोजक दुर्गा प्रसाद सापकोटाको सभापतित्व तथा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले यो समयमा धानबालिमा किराको प्रकोप बढ्न सक्ने भएकोले सदस्य अग्रज कृषकहरुलाई किरा नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको बताए ।
दुई दिवसीय तालिमको सञ्चालन सहकारी संस्थाका ब्यवस्थापक दीपक काफ्ले र स्वागत सदस्य सूर्य अधिकारीले गरेका थिए । सहकारीले समय समयमा आफ्ना सदस्य कृषिकहरुलाई कृषि सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
