एमाले मेचीनगर ११ को अधिवेशन : अध्यक्षमा रिजाल
मेचीनगर । नेकपा एमाले मेचीनगर–११ को वडा अधिवेशन सम्पन्न भएको छ । सोमवार मेचीनगर ११ धाइजनमा रहेको सामुदायिक भवनमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले राम कुमार रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा यसोदा डाँगी सचिवमा श्याम शिवाकोटी सहसचिवमा शक्ति थेवे, भावना हिङवाङ चयन भएका छन् ।
त्यसैगरी सदस्यमा महानन्द भट्टराई, नरेन्द्रकुमार राई, निर्मला कोइराला, देवका डाँगी, संगीता राजवंशी, झुमा भेट्वाल, सुजन कुवँर, लक्ष्मीप्रसाद प्रसाइ, निर्मला पौडेल, लालबहादुर गौतम,भिमा रिजाल, आदित्य भट्टराई, विष्णुबहादुर पन्त, लालबहादुर कार्की, डिल्ली अधिकारी, कल्पना राई, विकास पाठक, बालिका मैनाली, बालकुमारी प्रधान, इन्द्र खतिवडा, जीतबहादुर पाचँकोटी, बिमला बराल, सञ्जु अधिकारी, प्रेम कार्की, भावना हिङमाङ, चन्द्र बहादुर कार्की र सन्तलाल मेचे चयन भएको बताइएको छ ।
नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रवीन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्य मीना पोखरेल उप्रेती, एमाले केन्द्रिय सल्लाहकार सदस्य बिष्णु प्रसाइ, खवास,प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य तथा मेचीनगर इन्चार्ज देवकुमार राई, जिल्ला सदस्य कृष्ण कनाल, संगीता थापा, रमा भण्डारी, रेणुका डाँगी, मेचीनगरका अध्यक्ष राजु कार्की लगायतको उपस्थििति रहेको थियो ।
एमाले मेचीनगर अन्तरगत १ र ४ र १४ को अधिवेशन सम्पन्न भइसकेको छ । अन्य वडाको अधिवेशन पनि भदौ भित्रमा सम्पन्न गर्ने तयारी गरिएको र समय तालिका पनि सार्वजनिक गरिएको नगर अध्यक्ष कार्कीले जानकारी दिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
