बिर्तामोडबाट तीर्थयात्री लिएर वृन्दावन गएको बस दुर्घटना, भुजेलको मृत्यु
बिर्तामोड । झापा बिर्तामोडका एक व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा परी अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो ।
सुनसरीको इनरुवा घर भई बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउमा बस्दै आएका उनी बस स्टाफ हुन् । बिर्तामोडका करिव २६ जनाको तीर्थयात्रीको टोली लिएर भुजेल भदौ ४ गते मथुराको वृन्दावन गएका थिए । भदौ ९ गते श्रीकृष्ण जन्माष्टमीको राति भुजेल दुर्घटनामा परेको जनाइएको छ । गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लहरीले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनापछि भुजेलसंगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सो घटनापछि बिर्तामोडबाट गएका तीर्थयात्रीहरु अलपत्र परेको बताइएको छ । मृतकको शव आज घर आइपुग्ने छिमेकीले बताएका छन् । बिर्तामोडको बस वृन्दावनमा दुर्घटनामा परेको र तीर्थयात्रीहरु अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
