अनेमसंघ मेचीनगर : अध्यक्षमा हेमा सिटौला
मेचीनगर । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्ष पदमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छन्। काँकरभिट्टामा आयोजित दोस्रो नगर अधिवेशनले उनका अध्यक्षतामा ४५ सदस्यीय समिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी, कोषाध्यक्ष पदमा कविता खनाल मिजारसहित ४५ जना सदस्य चयन भएको निर्वाचन समिति संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले नगरका महिलाहरुलाई अन्य दलका संघ–संगठन भन्दा बलियो र मजवुत संगठन बनाएर सबै महिलाहरुलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
