बिर्तामोडमा यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी


बिर्तामोड । बढ्दो शहरी क्षेत्रकाे तीब्र विकाससँगै झापाको मुटु बिर्तामोडमा वैदेशिक अध्ययनसहित रोजगारका लागि शैक्षिक परामर्श केन्द्रकाे बिस्तार क्रम बढेकाे छ ।

पुर्वको पहाडी जिल्ला हुँदै झापाको दक्षिणी क्षेत्रका विद्यार्थी आगमन सहज हुने भएकाले  बिर्तामोड शैक्षिक परामर्श केन्द्रको हवको रुपमा परिचित ठाउँ बन्दै आएको छ । त्यस्तै विद्यार्थीलाई लक्षित गर्दै झापा मेचीनगर-९ का दिनेश कार्कीले बिहिवार बिर्तामोड-५ स्थित शनिश्चरे ट्याक्सी स्टेण्डमा `यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय आरम्भ गरेका छन्।

उपत्यकामा मुख्य कार्यालय भएका विभिन्न कन्सल्टेन्सीले बिर्तामोडमा शाखा कार्यालयबाट परामर्श दिँदै आएको समयमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´ले मुख्य कार्यालयबाट  सेवा आरम्भ गरेको हो ।बिर्तामोडमा मुख्य कार्यालयबाट शैक्षिक परामर्शको सेवा दिने एक मात्रै संस्था बनेको छ ।

बिर्तामोडमा दर्जनौं कन्सल्टेन्सी शाखाको रुपमा सञ्चालनमा आएका छन् । केही समय अध्ययनको शिलशिलामा दक्षीण काेरिया बसेका कार्कीले त्यहाँ सरकारीस्तरको `टपिक लेभल´ परीक्षा नै उतिर्ण गरेका छन् । देशमै केही गरौं भन्ने भावना जागेर नेपाल फर्केका कार्कीले परामर्श केन्द्र खोल्न सफल भएका हुन् । कार्की `यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´ का प्रबन्धक तथा प्रशिक्षक हुन् ।उनले कोरियामा रहेर आर्जन गरेको ५ वर्षको अध्ययन र अनुभवलाई पुस्तक प्रकाशन गरेका छन् ।

विद्यार्थीले सरल ढंगबाट छिट्टै भाषा सिकुन् भन्ने उद्देश्यले कोरियन भाषालाई नेपालीमा अनुवाद गरेको `सजिलो कोरिया भाषा´नामक पुस्तक प्रकाशन गरेको उनले सुनाए । आफुले लेखेका पुस्तकबाटै भाषा सिकाई तथा परामर्श दिइने उद्घाटनका अवसरमा रिटर्नी स्वरोजगार केन्द्रका अध्यक्षसमेत रहेका कार्कीले बताए ।  `

यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´मा अध्ययन गर्ने  विद्यार्थीलाई सीमित अवधीका लागि बिषेश छुटको ब्यवस्था गरेको उनको भनाई छ । पाठ्यक्रम र मासिक लिइने परीक्षा नि:शुल्क गर्ने भएको छ भने विद्यार्थीलाई थप बिश्वास दिलाउन अध्ययनरत अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता गर्नेसम्मको सुबिधा दिएको प्रबन्धक कार्कीको भनाई छ । शिक्षा क्षेत्रमा सेवाको भावना जागेर शैक्षिक परामर्श केन्द्र सुरु गरेको प्रोपाइटर सरस्वती चौलागाईंको भनाई छ । उनी विद्यार्थी नेता पनि हुन् । अखिल क्रान्तिकारी विद्यार्थी युनियनको केन्द्रिय सदस्य पनि हुन् । जापानलगायत अन्य विभिन्न देशका लागि पनि शैक्षिक परामर्श गरिने योजना रहेको चौलागाईंको भनाई छ ।