प्रकृति पार्कमा प्रेस क्लव मेचीनगरको बृक्षारोपण
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा शुक्रबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर –४ स्थित प्रकृति पार्कमा क्लवले बृक्षारोपण गरेको हो ।
मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्य एवम् क्लवका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा आयोजित बृक्षारोपण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ती पौडेल, अग्रज पत्रकार राजेन्द्र गौतमलगायत प्रेस क्लवमा आवद्ध पत्रकारहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक अभियन्ता शंकर लुइटेल तथा आरआरटीको टिमसमेत सहभागिता रहेको थियो । सो अवसरमा बिभिन्न प्रजातिका १ सय बढी विरुवा रोपिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कार्कीले वातावरण संरक्षणमा क्लवको सकारात्मक भूमिकाको प्रशंसा गर्दै पत्रकारले बृक्षारोपण गरेको क्षेत्रलाई प्रेस क्लव पार्कको रुपमा विकास गर्ने बताए । कार्यक्रममा स्वागत तथा सञ्चालन उपाध्यक्ष जीआर धितालले गरेका थिए ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


