मेचीनगर : पूर्वाधार उपयोग सेवा शुल्क असुली हाललाई स्थगन (सूचनासहित)
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ।
रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
