मेचीनगर : पूर्वाधार उपयोग सेवा शुल्क असुली हाललाई स्थगन (सूचनासहित)
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आन्तरिक आय तर्फको धाइजन, धुलाबारी, ईटाभट्टा चोक उत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोक उत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली आजबाट स्थगन गरेको छ।
रकम असुलीको ठेक्का पाएको ॐ बाठौँ निमार्ण सेवा मे.न.पा ११ ले सम्झौता विपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
उनका अनुसार जनगुनासोलाई मध्यनजर गरी सरोकारवालाहरुसँगको छलफल आवश्यक भएकोले सरोकारवालासँगको छलफल पश्चात आवश्यक निर्णय लिनेगरी हाललाई असुली कार्य स्थगन गरीएको हो ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


