फुटबलका लागि गठन गरियो नगरपालिका युथ क्लब
इटाभट्टा । युथहरुलाई फुटबलसँग जोड्न नगरपालिका युथ क्लब गठन गरिएको छ । मेचीनगर नगरपालिकाको कार्यलय आसपासमा रहेका युथहरुलाई संगठित गर्दै नगरपालिका युथ क्लब गठन गरिएको हो ।
स्थानिय दिपेन्द्र सिलवालले संयोजन गरेर सिर्जना टोल,आनन्द टोल र ग्रामथान टोलमा रहेका युथहरुलाई एकिकृत गरेका हुन् । क्लबका लागि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती निवर्तमान नगरप्रमुख बिमल आर्चाय समाजसेवी नयन बराल, प्रितम खड्का, टीकाराम धमला, अनम पौडेल लगायतले गठन गरिएको युथ क्लबलाई सहयोग गरेको संरक्षक सिलवालले बताए ।
युथ क्लबको लागि चाहिने आवश्यक स्वास्थ सामाग्री भने मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको छ । खेलाडीको लागि चाहिने आवश्यक जर्सी मेचीनगर –७ मा रहेको सुशान्त होटलले उपलब्ध गराएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
