धाईजन–चारआली फुटबल क्लव झापा विजयी
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा भईरहेको कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा धाईजन–चारआली फुटबल क्लव झापा विजयी भएको छ । धाईजन–चारआली फुटबल क्लव झापाले सुनसरी फुटवल क्लवलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
सुनसरीलाई ३–० गोल अन्तरले हराउदै धाईजन–चारआली फुटबल क्लव झापा विजयी भएको हो । धाईजन–चारआली झापाका तर्फबाट जर्सी नम्बर ८ का खमिर गिल्सन लिम्बू , जर्सी नम्बर ९ का प्रदिप बुढाथोकि , ११ का मनिष लिम्बूले गोल गर्न सफल भएका थिए ।
कोशी प्रदेश खेलकुद विकाश बोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सह–आयोजना तथा खेलकुद विकाश समिति तेह्रथुमको संयोजनमा म्याङलुङ रंगशालामा शुरु भएको प्रतियोगिताको उदघाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ । धाईजन–चारआली फुटबल क्लव झापा सेमिफाइनलमा ओखलढुगा फुटबल क्लवको सामना गर्नेछ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



