रिटर्नी स्वरनेजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने
काँकडभिट्टा । विश्व रक्तदाता दिवसको अवसर रिटर्नी स्वरोजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने भएको छ । जेष्ठ ३२ गते शुक्रबारको दिन मेचीनगर स्थित वडा नं. ६ काँकडभिट्टामा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुले झापा जिल्लामा रहेर रिटर्नी स्वरोजगार केन्द्रको स्थापना गरे पश्चात संस्थाको यो पहिलो कार्यक्रम हो । बैदेशिक रोजगारबाट फर्किएकालाई संस्थागत गरी सामुहीक रुपमा विभिन्न तालिम र तालिम पश्चात रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य लिएको यो संस्था झापा जिल्ला प्रशासनमा दर्ता भई कोसी प्रदेशमा सूचिकृत भएको छ ।
संस्थाले २०८१ साल भित्र कोसी प्रदेशका १३७ वटै पालिकामा आफ्ना कार्यक्रहरु गर्ने लक्ष्य लिएको संस्थाको अध्यक्ष दिनेश कार्कीले बताए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
