मेचीनगरमा महिलाहरुलाई लक्षित गरी आत्मरक्षा तालिम


धुलाबारी । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ को आयोजनामा दुई दिने महिलाहरुलाई आत्मरक्षा, स्वास्थ्य तथा बालबालिकालाई व्याड टच र गुड टच विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

मेचीनगर–९ स्थित कविशिरोमणि माविको सभाहलमा आयोजित तालिम विहीबार र शुक्रवार सञ्चालन हुँदैछ । मेचीनगर वडा नं ९ का महिलाहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।

सहकारी संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् । उनले महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिइन् ।

तालिममा प्रशिक्षक अर्जुन लम्साल र साइकिरण लम्सालले सहजीकरण गरिरहेका छन् । महिलाहरु आफू सबल बन्न स्वास्थ्य राम्रो हुनु पर्ने प्रशिक्षक अर्जुन लम्सालले बताए । तालिममा महिलाले आफ्नो रक्षा कसरी गर्ने, आफ्ना बालबालिकालाई कस्तो संस्कार सिकाउने, खानपानमा कसरी ध्यान दिने लगायतका विषयवस्तुमा छलफल केन्द्रित गरिएको छ ।

संस्थाकी सचिव चन्द्रकला खवासले सञ्चालन गरेको कार्यक्रममा स्वागत ऋण लगानी समिति संयोजक गोमा भण्डारीले गरेकी थिइन् । तालिममा ५० भन्दा बढी महिलाको सहभागिता रहेको छ ।

कार्यक्रममा मेचीनगर वडा नं ९ का वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली, पत्रकार झुलन रेग्मीको आतिथ्यता रहेको थिया । तालिम मेचीनगर नगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।