सेन्टपल्स माविमा पुराना सामाग्री प्रदर्शनी

चारआली । मेचीनगर–१३ स्थित सेन्टपल्स अंग्रेजी माविले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो ।
समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ ।
विद्यार्थीहरुलाई आफ्नो मौलिक तथा परम्परागत प्राचिन तथा लोप हुन लागेका सामाग्री चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अजय आलेले जानकारी दिए ।
‘आज प्राचिन सभ्यता र संस्कृति बोकेका पुराना सामाग्री लोप हुँदै गएको अवस्था छ,’ उनले भने, ‘ती सामाग्री नानीहरुलाई चिनाएर हाम्रो कला परम्परागत सामाग्री र संस्कृतिको संरक्षण गर्न खोजेका हौं ।’ उनले विद्यालयले विद्यार्थीको पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहित गरिरहेको बताए । प्रदर्शनीमा अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी गरी १ हजार बढीले अवलोकन गरेको विद्यालयले जनाएको छ ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...