सेन्टपल्स माविमा पुराना सामाग्री प्रदर्शनी
चारआली । मेचीनगर–१३ स्थित सेन्टपल्स अंग्रेजी माविले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो ।
समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ ।
विद्यार्थीहरुलाई आफ्नो मौलिक तथा परम्परागत प्राचिन तथा लोप हुन लागेका सामाग्री चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अजय आलेले जानकारी दिए ।
‘आज प्राचिन सभ्यता र संस्कृति बोकेका पुराना सामाग्री लोप हुँदै गएको अवस्था छ,’ उनले भने, ‘ती सामाग्री नानीहरुलाई चिनाएर हाम्रो कला परम्परागत सामाग्री र संस्कृतिको संरक्षण गर्न खोजेका हौं ।’ उनले विद्यालयले विद्यार्थीको पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहित गरिरहेको बताए । प्रदर्शनीमा अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी गरी १ हजार बढीले अवलोकन गरेको विद्यालयले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
