मेचीनगर : वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण

मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय न्यायिक समितिको आयोजनामा मेची उद्योग वाणिज्य संघको सभा हलमा बुधबारसम्म सञ्चालन हुने दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजित मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक संगिता थापा, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले सहभागीहरूलाई प्रशिक्षण दिइएका थिए ।
स्थानीय स्तरको न्यायिक सम्पादनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको मेचीनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन बुधबार कानुनबिद्हरूद्वारा सहभागीलाई प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।
मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले स्वागत गरेको कार्यक्रम सञ्चालन अर्का सदस्य कुन्दन निरौलाले गरेका थिए ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...