नकलबन्दामा स्वास्थ्य शिविर : २ सय जनाले गराए जाँच
मेचीनगर । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । गंगा मेमोरियल अंग्रेजी विद्यालय मेचीनगर-६ मा सम्पन्न शिविरमा २ सय जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा १ सय जनामा भिआईए परीक्षण गरिएको र २ जनामा इन्फेक्सन भएको विएण्डसीका तर्फबाट शिविरका कोअर्डिनेटर सज्जाद अलीले जानकारी दिए । उनले हस्पिटलले शिविरमा स्वास्थ्य जाँच गराएका विरामीलाई एक हप्ता ओपिडी निःशुल्क र उपचारमा १० प्रतिशत छुट गरिएको जानकारी दिए ।
नकलबन्दा बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ काँकरभिट्टाको संयुक्त आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा पूर्वाञ्चल क्यान्सर हस्पिटल र बिएण्डसी मेडिकल कलेजको प्राविधिक सहयोग रहेको थियो । पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर विरेन्द्रकुमार यादवको नेतृत्वमा क्यान्सर सचेतना गर्न डा। आलोक ठाकुर, डा. ज्योति भाजु लामा, फिजिसियन डा. विपुल भगत, मेडिकल अफिसर डा. रिचना गोइत, डा.रिया मल्ल र ४ नर्सिङ स्टाफले सेवा दिएका थिए ।
रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको सभापतित्व रहेको कार्यक्रममा पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर विरेन्द्रकुमार यादव, क्यान्सर सचेतना गर्ने डा। आलोक ठाकुर, डा. ज्योति भालु लामा, फिजिसियन डा। विपुल भगत, मेडिकल अफिसर डा. रिचना गोइत, डा. रिया मल्ल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सुजन प्रधानले गरेका थिए । सो अवसरमा सहभागिहरुलाई क्यान्सर रोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
