पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालावन्दी
बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो ।
सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्यभएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताउनु भयो ।
चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी छानी खोस्ने नियतले सार्वजनिक गरिएकोले घोर आपत्ति रहेको उल्लेख गरिएको छ ।
शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई पनि नजरअन्दाज गरी मापदण्डको आधारभूत मान्यता समेत उल्लंघन हुने गरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ ।
प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई सार्वजनिक रुपमा अपिलसमेत गरेको छ ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
