पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालावन्दी
बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो ।
सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्यभएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताउनु भयो ।
चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी छानी खोस्ने नियतले सार्वजनिक गरिएकोले घोर आपत्ति रहेको उल्लेख गरिएको छ ।
शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई पनि नजरअन्दाज गरी मापदण्डको आधारभूत मान्यता समेत उल्लंघन हुने गरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ ।
प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई सार्वजनिक रुपमा अपिलसमेत गरेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
