मतदान केन्द्र थप गर्न पूर्व गाविस अध्यक्ष घिमिरेको माग
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान केन्द्र थप गर्न माग गरिएको छ । काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष तथा सामाजिक ब्याक्तित्व डिल्लीराम घिमिरेले मतदान केन्द्र थप गर्न निर्वाचन समितिसँग माग गरेका हुन् ।
घिमिरेले बुधबार बिज्ञप्ती जारी गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै मतदान केन्द्र थप गर्नु पर्ने माग गरेका हुन् । बिज्ञप्तीमा भनिएको छ, जेठ महिनाको चर्काे घाममा ज्येष्ठ नागरिकलाई लामो समय उभ्याएर राख्दा उनीहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने छ । तसर्थ ठूलो भूगोल र आठ हजार बढी मतदाता रहेकोले कम्तिमा तीन ठाउँमा मतदान केन्द्र तोक्न उनले निर्वाचन समितिलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
घिमिरेले बुधबार नै निर्वाचन समितिलाई ज्ञापन पत्र बुझाएको बताए ।

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
