मेचीनगर : युवा परिषद अभिमुखीकरण कार्यक्रम

मेतीनगर । मेचीनगर नगरपालिकाद्वारा गठित नगर युवा परिषदले आफ्नो कार्यक्रमहरु सुरु गरेको छ । युवा परिषदले आज आफ्नो कार्यक्रम अन्तर्गत युवाहरुलाई मेची नगरपालिकाको सभाहलमा एकदिने नवप्रवर्तन कार्यक्रम तथा युवा परिषद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्राप्त नगरपालिकाको क्षेत्रधिकार भित्र रहेर मेचीनगरले नगर युवा परिषद, नगर खेलकुद विकास समिति, मेचीनगर सञ्चार प्रतिष्ठान लगायत स्थानीय सरकारको अंगको रुपमा स्थापना गरी त्यससंग सम्बन्धित कार्यक्रमहरु धमाधम अगाडी बढाईरहेको छ ।
युवा परिषदले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम बोल्दै प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले युवाहरुलाई प्राथमिकतामा राखेर नै नगरले युवा परिषद गठन गरेको बताए । युवालाई स्थानीय सरकारको तर्फबाट केहि गर्न खोजेको छौं, त्यसलाई सबैबाट सकरात्मक साथको अपेक्षा लिइएको उनको भनाई छ । उनले युवा परिषद मार्फत नगरका पन्द्रवटै वडामा छरिएर रहेको युवाहरुलाई गोलबद्ध बनाएर युवा शक्तिको पहिचान गरी त्यसको अभिबृद्धि गर्ने बताए ।
कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले युवालाई एकताबद्ध बनाएर सकरात्मक कार्यका लागि भरपुर परिचालन गर्न युवा परिषदले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले आफुले आफ्नो कार्यकाल भरि युवाहरुलाई आवश्यक साथ र सहयोग संस्थागत र व्यक्तिगत दुवै तर्फबाट रहने बताए ।
अभिमुखीकरण कार्यक्रममा मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले अहिले स्वदेशमा केही छैन भन्दै १२ पास गर्ने बित्तिकै युवायुवतीहरु ठुलो संख्यामा विदेश जाने गरेका छन् । जसको कारण भविष्यमा युवा विहिन समाज हुने सम्भावना बढ्दै गइरहेको बताए । उनले अब राज्यले युवा लक्षित कार्यक्रमहरु ल्याउन नसक्ने हो भने ठुलो समस्या सृर्जना हुने उनको भनाइ छ । युवालाई स्थानीय क्षेत्रमा नै रहेर आत्मनिर्भर बन्ने वातावरण मिलाउन युवा लक्षित कार्यक्रम युवा परिषद मार्फत नगरपालिकाले ल्याउने उनले बताए ।
मेचीनगर युवा परिषदको अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न नवप्रवर्तन कार्यक्रम तथा युवा परिषद सम्बन्धि अभिमुखीकरण कार्यक्रममा स्वागत उपाध्यक्ष विवेक खवासले गरेका थिए । युवाहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम सञ्चालन आयुष्मान निरौलाले गरेका थिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...