लागु पदार्थजन्य प्रयोग नियन्त्रणमा मेचीनगर गम्भिर भएर लागेको छ : नगरप्रमुख बुढाथोकी


मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विगसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर नगरपालिकाको आयोजनामा नगरपालिकाकको सभाहलमा जेठ २ गतेदेखि ७ गतेसम्म आयोजना भएको लागु पदार्थजन्य प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रतिनिधिमुलक रुपमा पन्द्रवटै वडाका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

समापन सत्रमा बोल्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगर नगरपालिका लागुपदार्थ दुव्र्यशनीको बिषयमा गम्भिर रहेको बताएका छन् । यसलाई समुदायस्तरबाटै निर्मुलन पार्न विभिन्न कार्यक्रमहरु अगाडी सारिएको बताउँदै नगरप्रमुख बुढाथोकीले नगरपालिकाद्वारा सञ्चालित तालिमले समाजमा युवामाझ चुनौतीको रुपमा बढ्दै गइरहेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणमा टेवा पुर्याउने विश्वास लिइएको बताए ।

नगरउपप्रमुख मीना पोख्रेल उप्रेतीले तालिममा सक्रिय सहभागि बनेका प्रशिक्षार्थीहरुले आआफ्नो वडा तथा समुदायमा लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना जगाउँनु पर्ने बताए । समुदायस्तरमा सचेतनाले जगाउँदा पनि केहि हदसम्म लागु पदार्थजन्य प्रयोग नियन्त्रण हुने बताइन् । उनले दक्ष प्रशिक्षकहरुबाट तालिममा सिकाईएका र जानकारी दिइएका बिषयहरु समुदायमा पुर्याउन प्रशिक्षकहरुलाई आग्रह गरिन् ।

तालिममा सहभागिहरुलाई मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सोमनाथ ढकाल, गोविन्द न्यौपानेलगायतका प्रशिक्षकहरुले प्रशिक्षण गराएका थिए ।