नेकपा एमाले मेचीनगर : अध्यक्षमा कार्की र भट्टराइको उम्मेदवारी


काँकरभिट्टा । नेकपा एमाले मेचीनगरको अध्यक्ष पदमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा राजु कार्की र जगन भट्टराई उम्मेदवारी परेको हो ।

एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशन शनिबारदेखि काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा जारी छ । शनिबार उद्घाटन सत्र सकिएको छ भने आइतवार निर्वाचन प्रक्रियामा गएको थियो । केहि पदमा सर्वसम्मत भएको छ भने बाँकी पदमा आज सर्वसम्मत नभए चुनाव हुनेछ ।

कमिटीको उपाध्यक्षमा ६ जना, सचिवमा २ जनाको उम्मेदवारी परेको छ । उपसचिव पदमा पुरुषमा ६ जनाको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य राजु पोखरेलले जानकारी दिए ।

७५ जना कार्यसमिति पदका लागि १६० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने केहि पदमा सर्वसम्मत समेत भइसकेको छ । ७५ जना कार्यसमिति पदका लागि १६० जना उम्मेदवारले मनोनयन दर्ता गराएको छन् । निर्वाचन समितिका अनुसार वडा नम्बर ६ को खुल्लातर्फ ३ मध्ये २ र महिलातर्फ ३ मध्ये १ जना सर्वसम्मत भएका छन् ।

वडा नम्बर १० को खुल्लातर्फ ७ जनामध्ये २ जना र महिलातर्फ २ मध्ये १ जना, वडा नम्बर ११ मा खुल्लातर्फ ५ जनामा २ जना, महिलातर्फ ३ जनामा १ जना सर्वसम्मत भए । त्यस्तै १५ नम्बर वडामा खुल्लातर्फ ४ जनामध्ये २ र महिलातर्फ १ जना सर्वसम्मत भएका छन् ।
मजदुर कलस्टरको खुल्लातर्फ २ जना, सीमान्तकृत लोपोन्मुख खुल्लातर्फ ४ मध्ये २ जना र महिला १ जना र दलितको खुल्लातर्फ २ जना सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी नगरको लेखा समिति अध्यक्षमा १ जना, उपाध्यक्षमा १ जना, सदस्य खुल्लामा १ जना र महिला १ जना सर्वसम्मत भएका छन् भने सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।