काँकरभिट्टा खानेपानी निर्वाचनः खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी समूह


काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता समूहको आसन्न निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । आइतवार काँकरभिट्टामा स्वतन्त्र खानेपानी उपभोक्ता समूहले उम्मेदवार सार्वजनिक गरेसँगै त्रिपक्षिय भिडन्त हुने निस्चित भएको हो । यस अघि नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

स्वतन्त्र खानेपानी उपभोक्ता समूहले अध्यक्ष पदमा सुदर्शन खड्का, (माइला) लाई अघि सारिएको छ । उपाध्यक्ष पदमा कृष्ण सुवेदी ९किरण० सचिव पदमा नरेन्द्र सिवाकोटी र कोषाध्यक्ष पदमा सुधादेवी खड्का रहेका छन् । त्यसैगरी सदस्य पदमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी, लक्ष्मी कटुवाल थापालाई अघि सारिएको छ । त्यस्तै स्वतन्त्रबाट लेखा समिति संयोजक पदमा भेषराज ओली र सदस्यमा विनोद बानीयाँलाई चुनावी मैदानमा उतारिएको छ ।

पिउने पानीको पूणर् स्वच्छतामा प्रतिवद्धता जनाएको स्वतन्त्र उपभोक्ता समूहले ९ बुँदे उपभोक्ता हितकारी कार्यक्रम लिएर चुनावनमा होमएको छ । स्वतन्त्र समूहले खानेपानीबाट कोही पनि सदस्य बन्चित नहुनेगरीका योजनालाई प्राथमिकताका साथ उल्लेखित बुँदाहरु अक्षरस पालना गर्ने अध्यक्ष पदका उम्मेदवार सुदर्शन खड्काले प्रतिवद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति कमल गौतमले कार्यक्रम सञ्चालन गर्दै दक्षतामा आधारमा काम गर्न सक्ने उम्मेद्वार खडागरेको दावी गरे । कार्यक्रममा स्वतन्त्र पार्टीका नेता भिम कुँवरले उम्मेद्वारलाई अग्रिम जीतको शुभकामना दिएका थिए ।