मेचीनगर-९ : सामाजिक अभिमुखिकरण कार्यक्रम
मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण परियोपजना (रेमी) ले मेचीनगर ९ मा सामाजिक अभिमुखिकरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २७ गतेदेखि ९ नम्बर वडाका ५६ वटा टोल विकास संस्थाका पदाधिकारीहरु सम्मेलित कार्यक्रम बैशाख ३१ गते सम्पन्न भएको हो ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण परियोपजनाले मेचीनगर ९ मा बैशाख २७ गते मागुरमाणी सामुदायिक भवन, बैशाख ३० गते कवि शिरोमणी माविमा सामाजिक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा आइपर्ने समस्याहरुलाई उजागर गर्न तथा आवश्यक सहजीकरण गर्ने उदेश्यले गरिएको कार्यक्रमको अन्तिम दिन समापन सत्र बैशाख ३१ गते मेचीनगर साकोसको सभाहलमा आयोजना गरिएको थियो । सामाजिक अभिमुखिकरण कार्यक्रमको समापन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
समापन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले देशका युवाहरु ठुलो संख्यामा रहरले होस वा बाध्यताले विदेशिने गरेको बताए । यसले समाजमा प्रतिकुल असर परिरहेको उनको भनाई थियो । आर्थिक समृद्धिका लागि विदेशिने धेरै नेपाली उतै समस्यामा पर्ने गरेको तितो यथार्य हामी माझ रहेको र यस किसिमका समस्या आउन नदिन तथा आएका भएपनि समाधान गर्न रेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
मेचीनगर-९ की वडा सदस्य सुस्मा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीसंगै रोजगार परामर्शकर्ता फडिन्द्रप्रसाद दाहाल, परिवार परामर्शकर्ता सरस्वती मिश्र, सामाजिक परिचालक सरोजकुमार खनाल र अन्जु खरेललगायतको सहभागिता रहेको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
