काँकरभिट्टा खानेपानीको साधारण सभामा सामाजिक ब्यक्तित्व कोइराला र आचार्य सम्मानित
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दो र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको बताए ।
उनले काँकरभिट्टा खानेपानीले क्षेत्र विस्तार गर्दै मेचीनगरको २ देखि ८ नम्बरवडामा खानेपानीको समस्या समाधान गर्दै अघि बढेको भन्दै समितिले गरेको कामको प्रशंसा समेत गरे । सिंगो मेचीनगरवासीलाई खानेपानीको ब्यवस्थापनका लागि मेचीनगर सहलागानी सञ्चालन समिति निर्माणगरी कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो । प्रमुख अतिथि शर्माले आगामी निर्वाचन सहमतियका आधारमा सम्पन्न गर्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिकका पूर्व मेयर विमल आचार्यलाई सामाजिक ब्यत्तित्व सम्मान प्रदान गरिएको छ । सम्मान कार्यक्रममा संविधान सभा सदस्य एवम् मेचीनगरका प्रथम मेयर रविन कोइरालासँगै उनकी पत्नी तिर्था घिमिरे र मेचीनगरका पूर्व मेयर विमल आचार्यसँगै उनकी पत्नी गीता आचार्यलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाले वर्ष उत्कृष्ट कर्मचारी सम्मान सुस्मिता भट्टराईलाई प्रदान गरेको छ । सो अवसरमा संस्थाले दुई जना सेवानिबृत्त कर्मचारीहरु केशव प्रसाद पोख्रेल र लक्ष्मी नारायण माझीलाई समेत सम्मान गरेको छ । सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि विश्वप्रकाश शर्मा र विषेश अतिथि गोपाल तामाङले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती सम्मानित ब्यक्तित्व रविन कोइराला, बिमल आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष राजकुमार पराजुलीले प्रस्तुत गरे । भने पानी सुरक्षा समितिको प्रतिवेदन समितिका संयोजक दिलिप सुब्बाले प्रस्तुत गरेका थिए ।
बन्द सत्रले संगाठानिक तथा लेखा प्रतिवेदन पारित गर्दै आगामी जेठ २६ गते निर्वाचन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बन्द सत्रले निर्वाच सम्पन्न गर्न राजु कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । जस्को सदस्यहरुमा पत्रकार मुक्ती पौडेल, ज्ञानेन्द्र घिमिरे, सुभद्रा अधिकारी, केवलराम राई रहेको समितिका सचिव दिलिप सुब्बाले जानकारी दिए ।
उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिप सुब्बाले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
