इलाम-२ उपनिर्वाचन : स्वतन्त्रबाट मनोज निरौलाले दर्ता गराए उम्मेदवार

इलाम । इलाम-२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फ मनोज निरौलाले उम्मेदवारी दिएका छन् । निरौलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् ।
युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो समर्थक दलबलसहित मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा निरौलाले आफुले दिएको उम्मेदवारी आफ्नो मात्रै नभएर समग्र इलामबासीको उम्मेदवारी भएको बताए ।
‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने । सबैको मन जित्दै निर्वाचित भएर इलामको समयसापेक्ष विकास गर्नुका साथै जनताको सेवक बन्नुछ ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...