राडारसहितको सीसी क्यामेरा जडान गरिएको ७ महिनामै बिग्रियो

काकडभिट्टा । राजमार्गमा हुने सडक दुर्घटना र यात्रु तथा गुडिरहेका सवारीसाधनको चेकजाँच गर्न भन्दै काकडभिट्टामा राखिएको राडार सहितको अत्याधुनिक सिसी क्यामेरा ७ महिना नपुग्दै बिग्रिएको छ।
प्रदेश सरकारको १२ लाख रुपैयाँ लगानीमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर -६ पुरानो भन्सारमा अवस्थित ट्राफिक पोस्टको अगाडि राखिएको यो क्यामेरा अहिले बिग्रेको अवस्थामा छ।
मध्यरातमा समेत दुरुस्त फोटो तथा भिडियो कैद गर्न सक्ने नाइट भिजन फिचर भएको 9- ANPR क्यामेरा नाकाको सुरक्षा र निगरानीका लागि भन्दै जडान गरिएको थियोे । तर सञ्चालनमा आएको ७ महिना नपुग्दै क्यामेरा बिग्रिएपछि सुरक्षा व्यवस्था र दैनिक गुड्ने सयौं यातायातका साधनको निगरानीमा समस्या आएको छ।
मानवीय सहायता बिना नै सवारीसाधनको स्पिड र सवारीसाधनको नम्बर सहितको अन्य विवरण समेत खिच्न सक्ने र जसका कारण सिमानाकामा हुने गतिविधिहरुको समेत निगरानी गर्ने राडार सहितको यो ANPR क्यामेरा (Automatic Number Plate Recognition ) मर्मत हुन नसक्दा लज्जाको विषय बनेको छ।
प्रदेश सरकारले २०८० असार २४ गते ट्राफिक व्यवस्थापनका लागि समेत सहज हुने र दैनिक पुर्वपश्चिम राजमार्ग भएर दौडिने सवारीसाधनको निगरानी र सिमा सुरक्षामा सहज हुने बताउँदै लाखौं रकम खर्च गरेर जडान गरेको क्यामेरा मर्मत सम्भार हुन नसक्दा ूराज्यको लगानी बालुवमा पानीू झैँ भएको छ। जडान गरेको झन्डै महिनादिन पछिबाट पुर्णरुपमा प्रयोगमा आएको क्यामेराले सिमानाकाको निगरानी तथा यातायात व्यवस्थापनमा सहजता थपेको थियोे । तर क्यामेरा बिग्रेको जानकारी सबै निकायमा गराउँदा समेत त्यसको मर्मत सम्भारका लागि कसैले चासो नदिएको र जसका कारण सिमानाकाको सुरक्षा तथा निगरानीमा ठुलो समस्या निम्तिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
यो सिमानाकामा अत्याधिक मात्रामा भारतीय नम्बर प्लेटका सवारीसाधन दैनिक सयौंको संख्यामा आवतजावत गर्ने गरेका छन्, भने सिंगो सिमानाकामा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुने गरेको छ। काकडभिट्टामा ट्राफिक व्यवस्थापनका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रहरी नायव निरिक्षक (सई) को कमान्डमा टोली खटाएको भएपनि ट्राफिक प्रहरीले सवारीसाधन व्यवस्थापनमा ध्यान नदिँदा उत्तिकै मात्रामा दुर्घटनाको जोखिम बढेको छ।
पछिल्लो समय झापामा ट्राफिक प्रहरीले यातायात व्यवस्थापन भन्दा पनि रकम असुलीमा लागेको आरोप छ। जसका कारण पछिल्लो समय दुर्घटनाको जोखिम बढ्दै गएको छ भने निगरानीका लागि राजमार्गमा राखिएको अत्याधुनिक क्यामेरा समेत नचल्दा भारतिय सवारीसाधनले कुनै दुर्घटना गराएर भागेमा समेत पहिचान र निगरानी गर्न समस्या हुने जोखिम बढेको छ।
पछिल्लो समय पुर्वी सिमानाकालाई सुरक्षित सहरको रुपमा विकास गर्नेभन्दै ८० वटा क्यामेरा जडान गरिएको थियोे । तर हाल २४ वटा मात्रै क्यामेरा चालू अवस्थामा छन्, भने ५६ वटा क्यामेरा बिग्रिएर बसेका छन्,। समयमा नै सम्बन्धित निकायले यसको मर्मत सम्भारमा ध्यान नपुर्याउने हो भने यसले सुरक्षा व्यवस्थामा थप जोखिम बढ्ने देखिन्छ ।

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...