कालिका वनको २८औँ साधारण सभा


धाइजन । कालिका सामूदायिक वन उपभोक्ता समूह मेचीनगर–११ र १२ को २८ औँ साधारण सभा सम्पन्न भएको छ । बुधवार समूहको सम्पन्न सभाले नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले सम्मानित व्यक्तित्व कार्कीलाई नगदसहित सम्मान गरेकी थिइन् ।

कार्यक्रममा उपमेयर उप्रेतीले नगरभित्र रहेका सामूदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या–पर्यटनमा निक्कै ठुलो योगदान पुरयाएको बताइन् । उनका अनुसार सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुंगा, गिटी वालुवाको दोहन, चोरी, तस्करी मुख्यः चुनौती रहेको छ । चूनौती समाधानमा स्थानीय सरकार सक्रियपूर्वक लागि पर्ने प्रतिवद्घता व्यक्त गरिन् ।

कार्यक्रममा सामूदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, नेकपा एमाले ११ नम्बर वडाका पार्टी अध्यक्ष सागर ओली, सामूदायिक वन मेचीनगर महासंघका अध्यक्ष जानुका ओली, खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कालिका सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष योगराज भट्टराई (योगेश) ले सभाको अध्यक्षता गदैं वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत समूहकी उपाध्यक्ष संगीता चौधरीले र सञ्चालन सहसचिव खेमराज राईले गरेका थिए ।