काँकरभिट्टा नाकाबाट भारतीय ट्याङकरबाट अवैध सामान बरामद
काँकरभिट्टा । भारतीय ट्याङकरले भन्सार छलेर ल्याएको मोटरपाटर्स, कपडा र रंग मेची भन्सार कार्यालयले बरामद गरेको छ ।
प्लाइउड उधोगको रेजिन बाेकेकाे ट्यान्करको क्याबिनमा चालकले लुकाएर ल्याएको मालबस्तु बरामद भएको हो।
आज साँझ एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङकरले चालक बस्ने बनोटमा उक्त सामानहरु ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।

जनकपुरका लागि इन्धन लिएर भारतबाट आएको ट्याङकरले अवैधरुपमा गाडीका मोटरपाटर्स, बच्चाको वेवीसुट र घरमा लगाउने विभिन्न कम्पनीका रंगहरु ल्याएकाले बरामद गरिएको उनले बताए ।
बरामद सामान सबै कति मुल्य बराबरको छ भन्ने अहिले नै यकिन नभएकाले भोलि मात्रै थाहा हुने सूचना अधिकारी कडेलको भनाई छ ।
अवैध सामान बोकेको भारतीय ट्याङकर भन्सार यार्डमा राखिएको छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
