काँकरभिट्टा नाकाबाट भारतीय ट्याङकरबाट अवैध सामान बरामद
काँकरभिट्टा । भारतीय ट्याङकरले भन्सार छलेर ल्याएको मोटरपाटर्स, कपडा र रंग मेची भन्सार कार्यालयले बरामद गरेको छ ।
प्लाइउड उधोगको रेजिन बाेकेकाे ट्यान्करको क्याबिनमा चालकले लुकाएर ल्याएको मालबस्तु बरामद भएको हो।
आज साँझ एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङकरले चालक बस्ने बनोटमा उक्त सामानहरु ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।

जनकपुरका लागि इन्धन लिएर भारतबाट आएको ट्याङकरले अवैधरुपमा गाडीका मोटरपाटर्स, बच्चाको वेवीसुट र घरमा लगाउने विभिन्न कम्पनीका रंगहरु ल्याएकाले बरामद गरिएको उनले बताए ।
बरामद सामान सबै कति मुल्य बराबरको छ भन्ने अहिले नै यकिन नभएकाले भोलि मात्रै थाहा हुने सूचना अधिकारी कडेलको भनाई छ ।
अवैध सामान बोकेको भारतीय ट्याङकर भन्सार यार्डमा राखिएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
