मेचीनगरमा आइतबारदेखि दादुरा-रूवेला खोप
मेचीनगर । आउँदो फागुन २० गतेदेखि मेचीनगरमा दादुरा–रूवेला खोप लगाउने अभियान सुरू गरिने भएको छ ।
आज मेचीनगर नगरपालिका कार्यालयको सभा हलमा नगरको स्वास्थ्य शाखाले आयोजना गरेको दादुरा-रूवेला खोप यहि फागुन २० गतेदेखि मेचीनगरमा सुरू गरिने भएको हो ।
मेचीनगरका ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई उक्त खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापाकोटा निरौलाले बताइन् ।
उनले नगरका ३३ हजार बालबालिकालाई उक्त खोप लगाइने बताइन् ।

‘विशेष गरेर लक्षित वर्ग स्कुलका विद्यार्थी हुन्’ निरौलाले भनिन्–स्कुलका विद्यार्थी बाहेक बाहिरका बच्चाहरूलाई पनि सम्बन्धित केन्द्रका स्कुलमा नै खोप लगाइनेछ ।’
फागुन २० गतेदेखि सुरू खोप २९ गतेसम्म अभियान सञ्चालन हुनेछ भने खोप लगाउन छुटेकाहरूलाई फागुन ३० गते स्वास्थ्य केन्द्रमा लगाइने उनले बताइन् ।
नगरका स्वास्थ्य केन्द्र र स्कुलसहित १०६ वटा केन्द्रबाट खोप लगाइने जनाएको छ । झापा पूर्णरूपमा खोप लगाएको जिल्ला पर्छ ।
सन २०२६ सम्ममा नेपाललाई पूर्णरूपमा खोप लगाइसकिने बताएको छ । नुवाकोट, पर्सा, रौतहट र महोतरी जिल्लामा खोप अभियान भने बाँकी रहेको छ ।
नेपालमा ५२ प्रतिशतले पूर्णखोप लगाएको, १६ प्रतिशतले आंशिक लगाएको, २८ प्रतिशतले लगाएको तर तथ्याङ्क नभएको र ४ प्रतिशतले खोप नलगाएको पाइएको छ ।
मेचीनगरमा गत वर्ष २०८९ र ८० मा २ वर्ष मुनिका १०६ प्रतिशत बच्चाहरूले नियमित दादुरा-रूवेला खोप लगाएको स्वास्थ्य शाखाले बताएको छ । त्यसबेला झापामा मेचीनगर तेस्रो भएको थियो । बुद्वशान्ति गाउँपालिकाका १२६ प्रतिशतले उक्त खोप लगाएर पहिलो भएको थियो भने बिर्तामोड नगरपालिकाका १२५ प्रतिशत बच्चाले खोप लगाएका थिए ।
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले स्वास्थ्य नागरिक भए मात्र देश स्वास्थ्य हुने भएकोले राष्ट्रिय अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...