झापा प्रहरी : चोरिएका ८ वटा मोटरसाइकल बरामत
बिर्तामोड । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ । झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बाल कुमार मगर सहित बरामत मोसा सार्वजनिक गरेको हो ।
गत शुक्रवार १ थान मोटरसाइकलसहित पाचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो ।
प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, बिर्तामोडका डिएसपी सुरज कार्की, निमित्त प्रवक्ता ढुण्डीराज गिरी लगायतले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न १ जनालाई सार्वजनिक गरेका हुन् ।
प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पुराईदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।
झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ । झापामा पछिल्लो केहि समय सयौं मोटरसाइकल चोरी भएका छन् ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
