प्रमुख अतिथिको कुर्सी खाली राखी स्वर्ण महोत्सव

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नम्बर ५ को श्री बाल कल्याण मा.विले बिहीबार प्रमुख अतिथिको कुर्सी खाली राखेर वार्षिक उत्सव तथा स्वर्ण उत्सवको कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
पूर्व निर्धारित कार्यक्रको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा संसद विश्वप्रकाश शर्माको उपस्थिति नभए पछि विद्यालयले उक्त कुर्सी खाली राखी कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयको ५० औं वार्षिक उत्सवको सन्दर्भमा निर्माण भएको स्वर्ण जयन्तीको स्मारकको शिला लेखमा प्रमुख अतिथिको नाम लेखाएर पनि महामन्त्री शर्मा कार्यक्रममा अनुपस्थित थिए । साथै कार्यक्रममा वितरण गरिएको सम्पूर्ण सम्मान पत्र र प्रमाण पत्रहरुमा प्रमुख अतिथिको हस्ताक्षर भने संसद शर्मा कै रहेको छ ।
स्वर्ण महोत्सव कार्यक्रमको सम्मानपत्रहरुमा हस्ताक्षर पठाएर आफू चाहिँ कार्यक्रममा अनुपस्थित भएकोमा स्थानीय बासिन्दाहरु आक्रोषित भएका छन् । काङ्ग्रेस मेचीनगरको एक स्रोतका अनुसार संसद शर्माले कार्यक्रममा आफू आइनपुग्ने कुरा विद्यालयलाई चार दिन अगाडि नै जानकारी गराएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेश सभा संसद गोपाल तामाङ र मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थिति रहेको थियो । यसैगरी अतिथिहरुमा मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष कनक कुमार कार्कीको उपस्थिति रहेको थियो । यसै गरी अतिथिहरुका व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालयका जग्गादाता, पूर्व प्रअहरु, पूर्व शिक्षकहरु, समाजसेवीहरु त्था अविभावकहरुको उपस्थिति रहेको थियो ।
यसै कार्यक्रमको बीचमा पूर्व विद्यार्थीहरुले पूर्व शिक्षकहरुलाई सम्मान समेत गरेका थिए । पूर्व विद्यार्थीको कार्यक्रम पूर्व विद्यार्थी समाजका सचिव गगन ढकालले सञ्चालन गरेका थिए भने यस कार्यक्रममा मन्तव्य पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदीले राखेका थिए ।
विद्यालयद्वारा आयोजित स्वर्ण उत्सव कार्यक्रममको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षकहरु राजिव गिरी र तारा पुरीले संयुक्त रुपमा गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...