आदिवासी जनजाति महासंघ मेचीनगरद्वारा प्रदेश सांसद तामाङ बहिस्कार
मेचीनगर । आदिवासी जनजाति महासंघ मेचीनगरले कोशी प्रदेशसभाका सदस्य गोपाल तामाङलाई बहिस्कार गरेको छ । पहिचान बिरोधी भएर प्रदेश नामाकरणमा सहभागि भएकाले प्रदेश सांसद तामाङलाई बहिस्कार गरिएको आदिवासी जनजाति महासंघ मेचीनगरले जनाएको छ ।
‘पहिचानको बिरुद्धमा लागेकै कारण हामीले प्रदेश सांसद तामाङलाई कार्यक्रमको निम्तो दिएनौं,’ महासंघ झापाका उपाध्यक्ष केवलराम राईले भने, ‘प्रदेश नामाकरणमा पहिचानको बिरुद्धमा हस्ताक्षर गर्ने काम भएकाले उनकै आँगनमा हुने कार्यक्रममा पनि हामीले उनलाई बहिस्कार गर्दै नबोलाएको उनको भनाई छ ।

आदिवासी जनजाति महासंघ मेचीनगरको अधिवेशन भोलि हुँदैछ । पुस २८ गते शनिवारका दिन हुने महासंघको पाँचौ नगर अधिवेशन पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिने भएको हो ।
आदिवासी जनजाति महासंघ मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले भोलि हुने सम्मेलनले महासंघको नयाँ नेतृत्व पाउनुका साथै यसलाई प्रदेश नामाकरणको बिरोधका रुपमा अगाडी बढाइएको जानकारी दिए ।
मेचीनगरमा रहेका १९ वटा जातिय संगठनका तर्फबाट एक जना प्रतिनिधि र पाँच जना पर्यवेक्षक सहित करीब एक हजार जनाको सहभागिता हुने उनले बताए ।
आयोजकका अनुसार काँकरभिट्टाको सामुदायिक भवनमा आयोजना हुने अधिवेशनमा अग्रजहरुको सम्मान, साँस्कृतिक कार्यक्रम र र्यालीको समेत हुने छ । साथै अधिवेशनले आगामी कार्यकालका लागि आदिवासी जनजाति महासंघ मेचीनगरको नयाँ कार्यसमिति समेत चयन गर्ने सचिव चिरञ्जीवी खवासले जानकारी दिए ।
आदिवासी जनजातिको अधिकार र पहिचानको बिषयलाई स्पष्ट पार्ने महासंघका झापा उपाध्यक्ष केवलराम राईले बताए । दक्षीण एसियाबाट संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिसक्नु भएका लिम्बुले आदिवासीको अधिकार र प्रदेश नामाकंनमा आदिवासीहरुले उठाएको पहिचानको अधिकारको बिषयमा जानकारी गराउनु हुने पत्रकार सम्मेलनमा राईले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
