मेचीनगर : एक अर्ब ३ करोडको लागतमा दुई सडक निर्माण हुने


मेचीनगर। मेचीनगर नगरपालिकामा दुई वटा मुख्य सडक निर्माण हुने भएका छन् । विश्व बैंकको सहयोगमा मेचीनगर वडा नंं ९ र १० जोड्ने धुलाबारी मोडदेखि धुलाबारी बजार हुँदै थोप्लेबिरान सामुदायिक वन समूहको कार्यालयसम्मको ५ दशमलव ३ किलोमिटर र मेचीनगर ६ को काँकरभिट्टास्थीत भट्टराई चौकदेखि मेचीनगर-४ को बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर बाटो निर्माण हुने भएको हो ।

स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते पश्चात गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको बैठकको निर्णयबाट मेचीनगर भित्र शहिद मार्ग, सुर्योदय मार्ग र आम्दा झापा रिंगरोड छनौट गरेको थियो । अति नै आवश्यक रहेको उक्त मुख्य सडकको स्थानीय तहको हैसियतले मेचीनगर नगरपालिकाले सम्भाव्यता अध्ययनका लागि सम्झौता समेत गरेको थियो । फलस्वरुप दुई वटै सडकमा अहिले विश्व बैकले रकम बिनियोजन गरि निर्माणको प्रक्रिया अगाडी बढाउने भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

सडक निर्माणका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया एक अर्ब ३ करोड सहयोग उपलब्ध गराउने भएको छ । यसै साता ठेक्का प्रक्रियामा जाने यी दुई सडक निर्माण निर्माणका लागि २०८२ असार ३१ सम्मको अवधी रहने बताइएको छ ।

सस्तो लोकप्रियता लिने होडमा शर्मा
झापा क्षेत्र नं १ का संघिय सांसद विश्वप्रकाश शर्मा प्रचारप्रसारमा रमाउने नेताहरूको भिडमा स्थापित छन् । उनको खुबी नै भन्नुपर्छ मानिसलाई सजिलैसंग आफ्नो कुरामा विश्वास दिलाउने । लाग्छ उनले भनेका र गरेका सबै बिषय सत्य र साचो हो । तर, वास्तविकता त्यस्तो नहुन पनि सक्छ ।

उनले दुई दिन अगाडी मात्रै मेचीनगर क्षेत्रका दुई मुख्य सडम आफ्नो एकलौटी पहलमा आएको आशयमा फेसबुकमा स्टाटस लेखेका छन् । उक्त स्टाटसमा अहिले उनको समर्थक र कार्याकर्ताहरुले खुलेरै प्रशंषा गरिरहेका छन् । तर, उनले सस्तो लोकप्रियता कमाउने होडमा बिर्षेछन् जनताको घरको स्थानीय सरकार पनि छ र उसले आफ्नो क्षेत्रको विकासमा टेवा पुर्यायन हरदम लागि पर्छ ।

स्थानीय तहले आफ्नो क्षेत्रको विकासमा सम्भव भएसम्म स्थानीय स्रोत र साधानको भरपुर उपयोग गर्ने गर्दछ । त्यस्तै संघ र प्रदेशको बजेट हास् वा दातृ निकायको सहयोग त्यसमा पनि कुनै न कुनै तरिकाले स्थानीय तहको भूमिका हुने गर्दछ । तर, सस्तो लोकप्रियता लिने होडमा देशकै शिर्ष नेतृत्वमा रहेका शर्माले झुटको खेती गरेको नगरपालिकाले जनाएको छ । शर्मा निर्वाचित हुनु अगावै नगरपालिकाले प्रक्रिया अगाडी बढाइएको योजना अहिले शर्माले एकलौटी जस लिन खोज्नु कतिको जायज हुन्छ रु यस कार्याले उनलाई नै प्रश्न गरिरहेको छ ।