लागू औषध ओसारपोसार रोक्न काँकरभिट्टामा वृहत् अन्तरक्रिया


काँकरभिट्टा । लागू पदार्थ दुव्र्यसन, ओसारपोसार नियन्त्रण सम्बन्धमा काँकरभिट्टामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार मेचीनगर-६, स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुसहित आम नागरिकको वृहत् सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बढ्दो लागू पदार्थ दुव्र्यसन, ओसारपोसार, बिक्री वितरण नियन्त्रणसम्बन्धमा वृहत अन्तरिक्रया तथा छलफल सम्पन्न भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सांसद गोपाल तामाङले निरन्तररुपमा यस्ता मानवीय क्षती हुने गतिविधि रोक्न सबै क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए । सांसद तामाङले भने, “लागू औषध दूव्र्यसनी र ओसारपोसारसँगै विक्री वितरण जस्ता कार्यलाई रोक्न दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन् ।”

उनले यसको दिगो समाधानका लागि तीनै तहका सरकार र सामाजिक संघसंस्था, नागरिक समाजको महत्वपूर्ण भूमिका रहने धारणा राखे । सांसद तामाङले आज सकारात्मक कार्यभन्दा नकारात्मक कार्यलाई प्रसयदिने चलन बढेको बताउँदै उनले यसलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर डिप्यूटी मेयर मीना पोख्रेल उप्रेतीले सीमानामा अवस्थित मेचीनगर पालिका अन्य पालिकाभन्दा भौगोलिकरुपमासमेत फरक भएकाले स्थानीय सरकारले स्थायी समाधानका लागि सरोकारवालाहरुसँग समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्,“स्थानीय सरकारले कुलतमा फसेका नागरिकलाई स्थायी संरचना निर्माण गरी पुनस्र्थापित गराउने योजना अघि बढाएको छ ।”

कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, वडा नं ६ अध्यक्ष ललितबहादुर तामाङ, वडा नं ८ अध्यक्ष गिरीराज धमला, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याललगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले स्वागतसँगै एक वर्षको अवधिमा झापामा भए गरेका लागू औषधका घटना सम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको तर्फबाट संकल्प अभियानका संयोजक विजय डाल्मिया, नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे, होटल व्यवसायी संघ मेचीनगर वरिष्ठ उपाध्यक्ष ध्रुव गिरी, पूर्व अध्यक्ष अर्जुन सुब्बा, महिला नेतृ मेलमिलाप समिति सदस्य विट्टु गुरुङ, पुनस्र्थापना केन्द्रको तर्फबाट भिम लुईटेंल, पूर्व जनप्रतिनिधी लक्ष्मी थिङ, संघसंस्थाको तर्फबाट रीना विश्वकर्मा, विद्यालयको तर्फबाट सुवर्ण भट्टराई, सञ्चारकर्मीहरुको तर्फबाट शिशिर चम्लगाईं, खगेन्द्र घिमिरे, प्रविन अधिकारी, विद्यार्थीको तर्फबाट प्रज्जवल पौडेल, महिला नेतृ शारदा पराजुली, काँकरभिट्टा क्याम्पस स्ववियू सभापति विशाल तामाङ, उदय प्याकुरेल तथा मेची सामुदायिक सेवा केन्द्रको तर्फबाट रोमा थापामगरलगायतले लागू औषधका समस्या तथा समाधानका लागि राज्यले गर्नुपर्ने कामका विषयमा धारणा एवम् सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको तर्फबाट कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारततीले संयोजन गरेका थिए । अन्तरिक्रया कार्यक्रममा विभिन्न संघसस्था, टोल विकास समिति पदाधिकारी, नागरिक अगुवा, सामाजिक अभियन्ता, सञ्चारकर्मी, सुरक्षानिकाय, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, व्यवसायीसहित दुईसय बढी सहभागी थिए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।