प्रथम जोरसिमल कप : धुलाबारी र तुर्केनी एफसी विजयी
मेचीनगर । मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ ।
धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच धुलाबारीका आदित्य ढुङ्गेल घोषित भए । उनलाई समाजसेवी गंगा संग्रौलाले नगदसहित ट्रफि प्रदान गरे ।
त्यस्तै अज नै भएको दोस्रो खेलमा तुर्केनी एफसी काँकरभिट्टाले देविगन्ज एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको खेलमा तुर्केनीका तर्फबाट राज क्षेत्रीले गोल गरेका थिए ।
उक्त खेलको म्यान अफ दि म्याच राज क्षेत्री घोषीत भए । उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले नगदसहित ट्रफि प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बिहिबार पनि दुई खेल हुने आयोजक समितिका संयोजक सञ्जय मेचेले जानकारी दिए । संयोजक मेचेका अनुसार बिहिबार पहिलो खेल तुर्केनि एफसी र एनएफसी धुलाबारी बिच २ बजे खेल हुनेछ भने दोस्रो खेल एफसी डोको र ब्रदर्श एफसी बिच खेल हुनेछ ।
पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन ।
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...


