जिम्मेवारी, वियोग र बदला समेटिएको ‘चित्रा’को टिजर सार्वजनिक
काँकरभिट्टा । नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, सुवेक्षा खड्का, प्रमोद अग्रहरी, अन्जना बराइली, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा अजय अधिकारीले लेखेका हुन् ।

चलचित्र यही पुस २७ गते रिलिज हुँदै छ । निर्माण पक्षले टिजर सार्वजनिक गर्दै सिनेमाको प्रचार सुरु गरेको हो ।
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...

