बाबु र छोरीको कथा भन्ने ‘चित्रा’ पुस २७ मा
बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसार लागिरहेको छ । यो फिल्मलाई घनश्याम लामिछाने निर्देशन गरेका हुन् । निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको रफिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

चित्रा दर्शकले कतिको मन पराउनु हुन्छ भन्ने कुरामा निर्देशक लामिछाने उत्सुक छन् । उनी भन्छन् ‘मैले यसमा नयाँ कुरा केही दिएको छैन, दर्शकले मन नपराउने कुरा फिल्ममा छदैछैन, यो युनिभर्सल एउटा सत्य हो, बाबु छोरी सम्बन्ध । त्यो सम्बन्धलाई र यो विषय मन नपराउने दर्शकहरुनै को होला र ? त्यस कारण नै यस फिल्ममा त्यो पावरसँगै आकर्षण छ ।’ फिल्ममा रोदनका कथा मात्र नभएर धेरै मसलाहरू पनि मिसिएको लामिछानेको भनाइ छ ।
फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । यस्तै, फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
