पौडेल बन्धुहरुको सामुदायिक भवनसँगै महायज्ञको तयारी
दमक । झापाको दमक-७ बराह टोल स्थित लेखनाथ मार्गमा निर्माण गरिएको पौड्याल बन्धुहरुको सामुदायिक भवन उदघाटन तथा महायज्ञको तयारी गरिएको छ ।
पौडेल वंशोद्धार केन्द्रिय समितिको आयोजनामा यही मसिंर २७ गते भवनसँगै सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराणका सप्ताह ज्ञान महायज्ञको समेत उदघाटन गरिने भएको हो ।
मसिंर २३ देखि २५ गते सम्म बराह भगवानको मूर्ति अनावरण गरिनुका साथै प्राण प्रतिष्ठा अनुष्ठान सञ्चालन हुने र २७ गतेदेखि श्रीमदभागवत महायज्ञ शुरु हुने मूल आयोजक समितिका संयोजक लोकनाथ पौड्यालले जानकारी दिए ।
२७ गते बिहान १० बजे कलश यात्रा निकालिने र दिउँसो १ बजे नवनिर्मित पौडेल वंशोद्धार सामुदायिक भवनको उदघाटन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
महायज्ञमा आचार्य पण्डीत शान्तिराम नेपाल प्रमुख कथावाचकका रुपमा रहनेछन भने उपवाचकका रुपमा अग्नीप्रसाद पौडेल र लक्ष्मीप्रसाद पौडेल रहनेछन । महायज्ञ सम्पन्न गर्न लोकनाथ पौड्यालको संयोजकत्वमा पुराण आयोजक मूल समिति गठन गरि काम अघि बढाइएको छ भने सहसंयोजकमा प्रल्हादकुमार पौड्याल रहेका छन । कलश यात्रा संयोजकको जिम्मेवारी रामकुमारी पौड्याललाई दिइएको छ भने पूजा व्यवस्थापन समिति संयोजकको जिम्मेवारी पार्वता पौडेललाई दिइएको जनाइएको छ ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

