मेचीपारि बल्ने भो विजुली बत्ती

झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् ।
मेचीनगर नगरपालिका वडा नं १५ अन्तर्गत नेपालका तीन वटा गाउँहरु रहेका छन् । ग्वाला बस्ती,सिसौँडागी र झारुबस्ती मेचीनगर पन्ध्र अन्तर्गत मेचीनगर पारि पर्दछन् । ति गाउँमा ४५ वटा घरहरु रहेका छन् । सिसाँैडागी र ग्वालबस्तीमा झिलिमिलि बत्ति बलिरहँदा झारुबस्ती भने अन्धकारमय छ । यसै समस्यालाई समाधान गर्नका लागि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गाउँलाई उज्यालो बनाउन विद्युत विस्तारको प्रक्रिया अघि बढाएका छन् ।
मेचीपारिको गाउँ सिसाँैडागी र ग्वालबस्तीमा विद्युत विस्तार भइसकेको छ । अब झारुबस्तीमा विद्युत विस्तार भयो भने मेचीपारिको गाउँ अन्धकारबाट मुक्त हुनेछ । ‘ग्वालबस्तीबाट झारुबस्ती सम्म विद्युत विस्तारका लागि न्यूनतम ४० वटा पोल आवश्यक पर्ने रहेछ ।’नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईले भने यही आर्थिक वर्षमा मेचीपारि झलमल्ल बन्नेछ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...