मेचीपारि बल्ने भो विजुली बत्ती
झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् ।
मेचीनगर नगरपालिका वडा नं १५ अन्तर्गत नेपालका तीन वटा गाउँहरु रहेका छन् । ग्वाला बस्ती,सिसौँडागी र झारुबस्ती मेचीनगर पन्ध्र अन्तर्गत मेचीनगर पारि पर्दछन् । ति गाउँमा ४५ वटा घरहरु रहेका छन् । सिसाँैडागी र ग्वालबस्तीमा झिलिमिलि बत्ति बलिरहँदा झारुबस्ती भने अन्धकारमय छ । यसै समस्यालाई समाधान गर्नका लागि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गाउँलाई उज्यालो बनाउन विद्युत विस्तारको प्रक्रिया अघि बढाएका छन् ।
मेचीपारिको गाउँ सिसाँैडागी र ग्वालबस्तीमा विद्युत विस्तार भइसकेको छ । अब झारुबस्तीमा विद्युत विस्तार भयो भने मेचीपारिको गाउँ अन्धकारबाट मुक्त हुनेछ । ‘ग्वालबस्तीबाट झारुबस्ती सम्म विद्युत विस्तारका लागि न्यूनतम ४० वटा पोल आवश्यक पर्ने रहेछ ।’नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईले भने यही आर्थिक वर्षमा मेचीपारि झलमल्ल बन्नेछ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
