गरिबदुःखीका आँगनमा पुग्ने राजन


चारआली । हँसिला स्वभावका, धनी मन भएका राजन चिमरिया प्रायः दिनदुःखीका घरमा भेटिन्छन् । त्यो पनि सहयोगका भावना बोकेर गरिबका आँगनमा पुग्छन् । अनि भलाकुसारीसँग गर्छन् । सन्चो, बिसन्चो सोध्छन् । घरमा के खाँदैछन् । कस्तो छ स्वास्थ्य अवस्था रु यी सबै कुराको उत्तर एउटै पाउँछन्, ‘गाह्रो छ हजुर १’ हो पक्कै पनि उनीहरुको अवस्था दयनीय नै छ ।
तिनै गरिबको दुःखदायी जीवन देखेर राजन गरिबको सच्चा सारथी बनेका छन् । मेचीनगर–१२ निवासी उनी व्यवसायी हुन् । लामो समयदेखि डेरी व्यवसाय गर्दै आएका उनी कमाएको केही रकम गरिब दुःखीको सेवामा खर्च गर्दै आएका छन् । ‘सेवा नै धर्म हो,’ उनी भन्छन्, ‘गरिब परिवारको दुःखमा साथ दिनु नै सच्चा धर्म ठान्दछु ।’

उनले मेचीनगरका विभिन्न वडामा रहेका अति विपन्न परिवारको डाटा संकलन गरेका छन् । कुन परिवारको कस्तो अवस्था छ भन्ने वास्तविक विवरण उनीसँग छ । सायद स्थानीय सरकारसँग पनि यत्तिको तथ्यांक छैन होला । ‘म मेचीनगरका प्रत्येक वडामा घुमिरहेको छु,’ उनले भने, ‘घुम्ने क्रममा बाहिरबाट देखेजस्तो रहेनछ । गरिब परिवार पीडैपीडामा बाँचिरहेका छन् ।’ तिनै सामाजिक व्यक्तित्व राजन चिमरियाले यसबर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेकपा ९माओवादी केन्द्र० मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।

चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएका शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहिद उप्रेतीका पिता गंगा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एकसय रुपैयाँ प्रदान गरेका थिए । शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह्रथुमको बगाले घटनामा मृत्यु भएको थियो । रितिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले शहिद परिवारलाई कृषि उत्पादनमा जोड्ने उदेश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए । सोही कार्यक्रममा आफ्नो उद्योगबाट उत्पादित सामाग्रीसमेत शहिद प्रेमका पिता गंगा र आमा लक्षिमादेवी उप्रेतीलाई प्रदान गरेका थिए ।

त्यस्तै, जन्मोत्सवकै अवसरमा चिमरियाले मेचीनगर–१० मा गत कात्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएका नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् । मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले बालिक संरक्षित कोषका लागि ५१ हजार र काजकिरिया खर्चबापत ५ हजार एकसय रुपैयाँ चिमरियाले आर्थिक सहयोग गरेका हुन् ।
संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक र नगद ५ हजार एकसय रुपैयाँ नरेशकी श्रीमती विमला र छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् । चिमरियाले त्यहाँ पनि उद्योगबाट उत्पादित दुग्ध सामाग्रीसमेत प्रदान गरेका छन् ।

चिमरियाले प्रत्येक वर्ष आफ्नो जन्मोत्सव र वैवाहिक बर्ष गाँठका अवसर पारेर सामाजिक कार्य गर्दै आएका छन् । उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव र बैवाहिक बर्षगाँठमा कृषक, विपन्न, आगलागी पीडित, बाढी पीडितलगायतलाई सहयोग गरेर मनाउँदै आएका छन् । आउँदै गरेको बैशाख २७ गते बैवाहिक बर्षगाँठका लागि पनि नयाँ कार्य गर्ने चिमरियाले बताएका छन् ।  उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी ९मोहन बा०, पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर–१२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर–१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो । जन्मोत्सव र बर्ष गाँठमा गरिने फजुल खर्जलाई कटाएर चिमरियाले बर्षमा दुई पटक सामाजिक कार्य गर्दै आएका छन् ।