अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ सहभागिता हुने
मेचीनगर । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख ९१९–२२ कात्तिक० सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल थिएटर फेस्टिभलमा परिवर्तनले ‘म्लेच्छ’ नाटक मञ्चन गर्ने भएको हो ।
असम राज्य सरकारकै आयोजना हुन लागेको यस किसिमको प्रतिष्ठित नाट्य महोत्सवमा परिवर्तन थिएटर सिंगो नेपालकै प्रतिनिधित्व गरेर सहभागी बन्न लागेको थिएटरकी अध्यक्ष लीला विष्टले बताइन् । महोत्सवमा नेपाल, बंगलादेश र भारतको विभिन्न प्रान्तका दर्जनभन्दा बढी नाटक प्रदर्शन हुने आयोजक कमिटीका सचिव दयालकृष्ण नाथले जनाए । पत्रकार पर्वत पोर्तेलको लेखन र गणेश बस्नेतको निर्देशन रहेको नाटक गत असोज २५ देखि कात्तिक ४ सम्म काँकरभिट्टामा मञ्चन गरिएको थियो ।
आदिवासीहरूको इतिहास र वर्तमान समेटिएको नाटकमा कविता नेपाल, लीला विष्ट, गणेश बस्नेत, एन्जल खड्का, अनिस बस्नेत, लोमस पौडेल, सुष्पा पोखरेल, प्रतिक्षा आचार्य, गगन क्षेत्री, संजोग राई, कविता पौडेल, नवराज पाठक, झरना खनाल, कृष्ण पौडेल, सरोज जिरेल र भावना नेउपानेले अभिनय गरेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
