मेचीनगर –४ : यो बर्ष सयपत्री फूलमा आत्मनिर्भर

झापा । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ ।
मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक फूलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए ।
उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । ‘वडा फूलमा आत्मनिर्भर बन्यो, विगतमा जस्तो तिहारमा माला खरिदका लागि भारतको पानीट्याङ्की धाउनु पर्दैन’, उनले भने ।
जिल्लामा बिभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगतरूपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् ।
विगतमा कृषि ज्ञान केन्द्रले समेत फूललको बेर्ना उत्पादनका लागि अनुदान प्रदान गर्दै आएको थियो । जिल्लाका विभिन्न स्थानमा फूलको सामूहिक र व्यक्तिगतरूपमा व्यावसायिक खेती भएता पनि कति क्षेत्रफलमा खेती छ र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क कार्यालयसँग नभएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । तिहारमा मात्र पूर्वीनाका काँकडभिट्टाबाट विगतमा रु ६० लाख बढीको सयपत्री फूल माला आयात हुने गरेको छ । लोकतन्त्र पोस्टबाट

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...