धुलाबारी महोत्सवमा आज आज चर्चित गायिका ज्योती मगर आउने
धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९ औँ दिन नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका ज्योती मगर आउने भएकी हुन् ।
गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । चर्चित गायिका ज्योती मगर मगलबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने मेची चेम्बर अफ कमर्सका महासचिव एवम् महोत्सव समितिका सचिव प्रकाश खड्काले बताए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । यसअघि महोत्सवमा चर्चित र्यापर आशिष राना ‘लाहुरे’ गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने जनाइएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
