धुलाबारी महोत्सवमा आज चर्चित र्यापर ‘लाहुरे’ आउने
धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा आज नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ आउने भएका छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १८ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित र्यापर लाहुरेले सोमबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् ।
उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । उनको आफ्नै ताण्डव, बिरामी, ए चुरोट खाउन साउनी लगायत आधा दर्जन गीतहरुमा प्रस्तुति दिने भएको मेची चेम्बर अफ कमर्सका महासचिव एवम् महोत्सव समितिका सचिव प्रकाश खड्काले बताए ।
उनी यस्ता कन्सर्टहरुमा गएर गीत गाउँदा अन्य कलाकारहरु भन्दा महंगो खर्चमा स्टेजमा ल्याउने गरेको आयोजकको भनाई छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । आइतबार चर्चित कलाकार शिव परियारको गीतमा दर्शकहरु कम्मर मकाई मकाई नाचेका थिए ।
यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा केहि दिनपछि मुन्द्रे व्याण्डको पनि प्रस्तुति रहने जनाइएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...