शिक्षा बहुउद्देश्यीय सहकारीले दियो ३५ हजार प्रसुति सहायता खर्च
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले प्रसुति तथा मातु शिशु स्याहारवापत शेयर सदस्य समीक्षा चौँलागाईंलाई ३५ हजार रुपैयाँ प्रदान गरेको छ । ११ औँ साधारणसभाको अवसरमा संस्थाले शेयर सदस्य सुविधा अन्तरगत चौलागाईलाई उक्त रकम उपलब्ध गराएको हो ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई र शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संयुक्तरुपमा शेयर सदस्य चौँलागाईंलाई रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
शिक्षा बहुउद्देश्यीय सहकारीले प्रसुति सहायतवापत १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्रसुति सहायता र मातृशिशु स्याहारवापत शेयर सदस्य चौँलागाईंलाई ३५ हजार रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष न्यौपानेले बताए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

