स्त्री र पुरुषलाई दसैँको आशीर्वाद मन्त्र
परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।
लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र स्
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् ।
लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे
वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा
जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतं च ।
अर्थात् तिम्रो घरमा कमलका जस्ता आँखा भएकी लक्ष्मीको बास होस्, तिम्रो घाँटीमा सरस्वतीले वास गरुन्, तिम्रा बन्धु–बान्धव बढून्, सम्पूर्ण शत्रुहरू पाताल पुगून्, जूनझैँ स्वच्छ, चमेलीको बास्ना जस्तो तिम्रो कीर्ति देश देशावरसम्म फैलियोस्, छोरा नाति आदि सकल परिवारले सहित भई तिमी १०० वर्षसम्म बाँच ।
लक्ष्मीस्ते हृदि भारती च वदने मौलौ सदा केशव
श्चण्डी ते भुजदण्डयोर्गुणनिधिर्गेहे कुवेरस्थितिः ।
चित्ते धर्मरतिस्तवास्तु सततं दानप्रसंगः करे
सर्वास्ते विपदः प्रयान्तु विलयं त्वं दीर्घजीवी भव ।।
तिम्रो हृदयमा लक्ष्मी, वाणीमा सरस्वती, शिरमा विष्णु, बाहुमा देवी, घरमा कुवेरको व्यवहार, मनमा धर्म, तिम्रो दुवै हातमा दानशक्ति होहोस्, तिम्रा सबै आपद्विपद्हरू लय (नष्ट) होऊन्, तिमी चिरञ्जीवी होऊ ।०स्त्रीलाई आशीर्वाद दिने मन्त्र
भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।
रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।
ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।
अर्थात् तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् । जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् ।
सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी १ तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी १ तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


