भब्य कार्यक्रमबीच सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज


इटाभट्टा । गजलकार जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज भएको छ । आदर्श मावि मेचीनगरस्थित स्रोत केन्द्र भवनमा शनिबार आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो ।

प्रमुख अतिथि वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गरे । विमोचन समारोहमा सिद्धहस्त सांगितिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विमोचन समारोहमा शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका उपाध्यक्ष पुण्य सुवेदी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पत्रकार मुक्ति पौडेल, शनिश्चरे माविका प्रअ विनोदकुमार गौतम, नेपाल शिक्षक महासंघ झापाका सचिव तथा शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल भास्करले शुभकामना मन्तब्य राखेका थिए ।

त्यस्तै वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, वरिष्ठ संगित प्रशिक्षक कृष्ण योञ्जन, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, प्रमुख अतिथि अधिकारीलगायतले शुभकामना मन्तब्य राख्दै गायक धितालको व्यक्तिगत जीवनको चर्चा एवम् गायकीको प्रशंसा गरेका थिए ।
शश्चिरे मावि अर्जुनधारा झापामा विज्ञान शिक्षकको रुपमा कार्यरत धिताल साहित्य चौतारी झापाका सदस्यसमेत हुन् ।

सोही अवसरमा गजलकार तथा सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता दिलीप घिमिरे, क्षितिज साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, आदर्श माविकी शिक्षक प्रतिमा चापागाईं, साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकार, देवीभक्त श्रेष्ठ लगायतले साहित्यक तथा सांगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वरिष्ठ समालोचक तथा आख्यानकार राजेन्द्र संग्रौला, आदर्श माविका प्रअ कृष्ण पुरी, अग्रज पत्रकार जीएन् शर्मा, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, प्रेस चौतारी प्रदेश सदस्य अर्जुन कार्की, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, छड्के अनुसन्धान मिडियाका सञ्चालक सम्पादक खगेन्द्र घिमिरे, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य प्रविन अधिकारी उपस्थिति रहेको थियो ।
त्यस्तै, संगित प्रशिक्षकहरु मणि वर्देवा, भरत मैनाली, आदर्श माविका शिक्षक अभिभावक संघ अध्यक्ष भोलानाथ तिम्सिना, क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराई, गायक अर्जुन दाहाल, सामाजिक व्यक्तित्व राम मगरलगायतको उपस्थिति रहेको थियो ।
साहित्य चौतारी झापाको सह आयोजनामा सम्पन्न विमोचन समारोहमा गायक धितालका पुजनीय पिता गणेशप्रसाद धिताललाई सम्मान गरिएको थियो ।

प्रेस क्लब मेचीनगरका उपाध्यक्ष जीआर धितालले सञ्चालन गरेको समारोहमा स्वागत तथा कार्यक्रम बारे जानकारी गायक जीवन धितालले गरेका थिए । गजलमा शब्द गायक धिताल आफैको रहेको छ भने संगित जीवन अधिकारीले भरेका हुन् । म्यूजिक भिडियोमा मोडल उर्मिला योञ्जनले अभिनय गरेकी छिन् । भिडियोको छायांकन मेचीनगरका पर्यटकीय क्षेत्रमा गरिएको छ । गजल ऐडी म्यूजिक स्टुडियो काँकरभिट्टा तथा प्रज्ञा स्टुडियो काठमाण्डौंमा संयुक्तरुपमा रेकर्ड गरिएको छ । ध्रुव शर्माले एरेञ्ज गरेको गजलका मिक्स मास्टर शम्भू तन्डुकार रहेका छन् । भिडियो छायांकन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।