शिक्षा बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा : उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्युट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलाबारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।
सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टिका भट्टराई र सदस्य सेवा केन्द्र चैतुबारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् । उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र, सचिव सूर्यकुमार खतिवडा लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...