धुलाबारी कृषि तथा पर्यटन महाेत्सव सुरू

धुलाबारी । मेचीनगर-१० धुलावारीमाेडमा धुलाबारी कृषि तथा पर्यटन महाेत्सव सुरू भएकाे छ । शुक्रबार मेची चेम्बर अफ कमर्सले आयोजना गरेकाे धुलाबारी कृषि तथा पर्यटन महाेत्सव आजदेखि सुरू भएको हाे ।
महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर ह्दय राजबंशीले गरेका थिए । महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए ।
प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा कमाउने भन्दा पनि कृषि तथा पर्यटनकाे व्यापारिक प्रर्वधनमा जाेड दिन आग्रह गरे ।
कार्यक्रममा कार्यवाहक मेयर राजबंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल लगायतले महाेत्सव सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।
महाेत्सव कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवमा कृषि तथा पर्यटनसँग सम्बन्धिका स्टल, राेटेपिङ, बालबालिकाका लागि मनाेरञ्जनका सामाग्रीहरू र राष्ट्रिय तथ स्थानीय कलाकारहरूद्वारा सांस्कृति कार्यक्रम हुने संस्थाका पूर्व अध्यक्ष एवम् महाेत्सव व्यवस्थापन समितिका संयाेजक रविन वस्नेतले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।
आज साँझ स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने प्रदिप ईन्टरप्राईजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए । उनले भाेलि (शनिवार) चर्चित कलाकार रचना रिमालकाे वेजाेड प्रस्तुति रहने बताए ।
मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रूकमिणा आचार्य पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...